सुनको मुल्य बढ्यो



काठमाडौं : साताको पहिलो दिन अर्थात् आज (आइतबार) सुनको मुल्य ह्वात्तै बढेको छ ।

आज सुनको मुल्य तोलामा ८ सयले बढेको हो । गत शुक्रबार पनि सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९५ हजार ६०० तोकेको छ । शुक्रबार सुनको मुल्य ९४ हजार ८०० थियो ।

आजका लागि तेजावी सुनको मुल्य भने ९५ हजार १०० रहेको छ । आज चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मुल्य प्रतितोला १२३५ मा करोबार भैरहेको छ, शुक्रबार चाँदीको मुल्य ११९५ थियो ।

प्रकाशित : २५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्