शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण



काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । भर्नापछि उनको पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए ।

उनका अनुसार मन्त्री पोखरेलको अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमा उपचारमा रहेका छन् ।

प्रकाशित :२५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्