धनगढीमा ग्यास लिक हुँदा आगलागी, ३ जना घाइते



कैलाली : धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा ३ जना घाइते भएका छन् । भने आगलागीबाट घरमा क्षति भएको छ ।

घाइते हुनेमा धनगढी उपमहानगरपालिका ८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् ।

प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक हिक्मत थापाको नेतृत्वको प्रहरी टोलीले घाइतेहरूको उद्दार गरेर अस्पताल पुर्याएको थियो । तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्