बैशाख २ गते तराईका पाँच जिल्लामा सार्वजनिक बिदा



झापा : सरकारले सिरुवा पर्वका लागि बैशाख २ गते तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रवार सूचना प्रकाशन गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

गृह मन्त्रालयले उक्त सूचना पाँचवटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए। सरकारले अघिल्लो वर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले बिदाको माग राखेका थिए। 

तराइमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी) समुदायले सिरुवा मनाउने चलन रहेको छ। २०७६ साल नयाँ वर्ष शुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ। 

 

प्रतिक्रिया दिनुहोस्