विप्लव समूहका कार्यालय सचिव महरा पक्राउ



कञ्चनपुर : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिवलाई पक्राउ गरेको छ ।

सचिव शङ्करसिंह महरालाई भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्दै आएका महरालाई जबरजस्ती चन्दा र विभिन्न घटनामा संलग्न रहेको आरोप छ ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्