मोहमदको शव कब्रस्तानमै व्यवस्थापन गर्ने सहमति, दुई दिनपछि उठ्यो शव



कैलाली : दुई दिनदेखि घरमै रहेको मोहमद जमसेदको शव कब्रस्तानमै व्यवस्थापन गर्ने सहमति भएको छ ।

धनगढी उपमहानगरपालिका–१ पशुपतिटोलस्थित सिल गरिएको कब्रस्तानमा शुक्रबार मृत्यु भएका जमसेदको शव व्यवस्थापना गर्न समस्या भएको थियो ।

यद्यपी शनिबार जिल्ला प्रशासन कार्यालय कैलालीमा संघर्ष समिति र मुस्लिम समुदायबीच धनगढी उपमहानगरपालिका–१ का ५० वर्षीय जमसेदको शव कब्रस्तानमै व्यवस्थापन गर्ने सहमति भएको प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले प्रशासनमा दुवै पक्ष बसेर छलफलपछि शव व्यवस्थापनका लागि गइसकेको बताए ।

कब्रस्तान सिल भएपछि मृतकको अन्त्यष्टिमा समस्या, दुई दिनदेखि घरमै शव

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्