ओली–प्रचण्ड सम्वाद : सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक बोलाउ प्रस्ताव गरेका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका प्रचण्डले ओली समक्ष यस्तो प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री ओलीले भेटका लागि लगातार प्रस्ताव गरेपछि प्रचण्ड बालुवाटार पुगेका थिए ।

ओलीसँगको भेटवार्तामा प्रचण्डले भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कर्णाली प्रदेशको विवाद, पर्सा घटना लगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रस्ताव गरेका हुन् ।

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् भने बैठकको मिति भने तय नभएको स्रोतको दाबी छ ।

त्यसोत यही कात्तिक ४ गतेबाट अध्यक्षद्वयबीच सम्वाद बन्द भएको थियो । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

यो पनि

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्