आईपीएलमा आज दुई खेल हुँदै : चेन्नईविरुद्ध दबाबमा पन्जाब



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ। आबुधाबीमा हुने पहिलो खेलमा किङ्स इलाभेन पन्जाब र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लिग चरणको अन्तिम खेलमा पन्जाब र चेन्नई भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । केएल राहुलको कप्तानीमा पन्जाब र महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई मैदान उत्रने छन्।

पन्जाब १३ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ भने चेन्नई १३ खेलमा १० अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कोलकाता र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

राजस्थान १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । कोलकाता समान खेलबाट समान अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्