इटालियन सिरी ‘ए’ फुटबल : युभेन्ट्सले स्पेजियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं : इटालियन सिरी ‘ए’ फुटबलमा आज (आइतबार) साविक विजेता युभेन्ट्सले स्पेजियासँग प्रतिस्पर्धा गर्दैछ । दुई टिमबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

युभेन्ट्स ५ खेलमा ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्पेजिया ५ अंक जोडेर १५ औं स्थानमा रहेको छ । स्पेजियाविरुद्धको खेलसँगै क्रिस्टियानो रोनाल्डो मैदान फर्कने छन् ।

यस्तै सिरी ‘ए’ को लिग लिडर एसी मिलानले उडिनेजेसँग उसैको मैदानमा खेल्नेछ भने नापोलीले सासोउलोसँग खेल्दा रोमाले फियोरेन्टिनासँग रलाजियोले टोरिनोसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्