इंग्लिस प्रिमियर लिग : युनाईटेड र आर्सनल भिड्दै



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) म्यानचेस्टर युनाईटेड र आर्सनलबीच प्रतिस्पर्धा हुने भएको छ।

युनाईटेडले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

युनाईटेड ५ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ भने आर्सनल ६ खेलमा ९ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले न्युकासल युनाईटेडसँग, टोटेनहमले घरेलु मैदानमा ब्राइटनसँग र साउथह्याम्पटनले एस्टन भिल्लासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्