आज सुनको मूल्य ४ सयले बढ्यो



काठमाडौं : आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ ।

हिजो तोलाको ९५ हजार रुपैयाँ थियो । चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ रहेको थियो ।

प्रकाशित :१८ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्