आज सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घट्यो



काठमाडौं : आज (बिहीबार) सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार २ सय रुपैयाँ कायम छ । तेजावी सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम थियो । तेजावी सुनको भाउ तोलाको ९५ हजार ८ रुपैयाँ निर्धारण भएको थियो । चाँदी बुधबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित :२० कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्