५ सयले सुनको मूल्य बढ्यो



काठमाडौं : आज (सोमबार) सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ ।

आज सुन ९८ हजार २ सयमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने ९७ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यसै गरी चाँदीको मूल्य तोलाको १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनभन्दा १० रुपैयाँले बढेको छ ।

प्रकाशित : २४ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्