बालकको शव फेला



धनगढी : कैलालीमा बालकको शव फेला परेको छ ।

बर्दगोरिया गाउँपालिका वडा नं.४ को काँडा नदी किनारमा आन्दाजी १४ वर्षीय बालकको शव फेला परेको हो । सो क्षेत्रका स्थानीयहरूले नदीमा नुहाउन जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालकको पहिचान नखुलेको र घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रकाशित :२४ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्