घट्यो सुनको मूल्य



काठमाडौं : विश्वबजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । मंगलबार नेपालमा सुनको मूल्यमा प्रतितोला ३ हजार चार सय रुपैयाँ गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

छापावाल सुन सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि मंगलबार ७० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोना भाइरसविरुद्धको खोप बजारमा आउने खबरले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको र त्यसको असर नेपालमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।

प्रकाशित : कात्तिक २५, २०७७

प्रतिक्रिया दिनुहोस्