गोलिया उत्पादक किसान समस्यामा



इलाम : निजी तथा पारिवारिक वनमार्फत गोलिया उत्पादक किसानले जति दुःख गरे पजि बिक्रीका लागि सरकारी नीतिका कारण समस्या हुने गरेको किसानको भनाइ छ । पारिवारिक निजी वन सङ्घ नेपाल इलामले इलाम नगरपालिका १० गोगकमा आयोजना गरेको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

तीन तहका सरकारबीचको तालमेल हुन नसकेका कारण समस्या उत्पन्न हुँदा उत्पादित गोलिया बिक्रीमा समस्या आएको किसान तथा सरोकारवालाको भनाइ छ ।

गोलिया उत्पादक किसानले विभिन्न प्रजातिका रुख तथा बिरुवा उत्पादन गरेर हुर्काए पनि काट्न र बेच्न नपाउने सरकारी नीतिका कारण समस्या आएको हो । सरकारले साल, सखुवा, खयरलगायत बोट बिरुवा कटानमा प्रतिबन्ध लगाएका कारण समस्या भएको किसान वीरेन्द्र चौहानले बताए ।

उनले हाल देशमा तीन तहका सरकार क्रियाशिल रहँदा पनि किसानका समस्या समाधानमा पहल नगरेको गुनासो गरे । तीन तहका सरकारले आआफ्नै ढङ्गबाट बनाएका विभिन्न नीति तथा नियम बाझिएका कारण समस्या भएको किसान विशोरसिंह खत्रीले बताए । उनले सरकारले निजी वन उत्पादकलाई दिनुपर्ने रकम नदिएका कारण पनि समस्या भएको बताए ।

विभिन्न मुलुकमार्फत रुख जोगाएवापत सरकारलाई दिने रकम सही ठाउँमा खर्च नभएको निजी तथा पारिवारिक वन सङ्घ इलामका अध्यक्ष रविन्द्र सुवेदीले बताए । वन ऐन कठोर भएका कारण पनि निजी वन मासिने क्रम बढेको बताइएको छ ।

वन जङ्गललाई पनि एक प्रकारको खेतीकै रुपमा अगाडि बढाउन सके मात्र वन जङ्गल मौलाउने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । उनले सङ्घीय सरकारले ल्याएको वन ऐन नै स्पष्ट नभएका कारण समस्या आएको बताए ।
रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा

नयाँदिल्ली : भारतीय काँग्रेसका वरिष्ठ नेता महमद पटेलको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको छ

महोत्तरी : महोत्तरीको बर्दिवास थप तनावको अवस्था सिर्जना भएको छ । मंगलबार प्रहरीको गोली लागेर

काठमाडौं : गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जनकराज

काठमाडौं : महिला हिंसाविरुद्धको १६ दिने अभियान आज (बुधबार)देखि देशव्यापी रुपमा शुरु भएको छ ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान

काठमाडौं– कोरोना भाइरसको महामारी र विश्वका विभिन्न देशले सुरक्षाका लागि गरेका लकडाउनका कारण स्वदेश फर्कन

काठमाडौं : यस वर्षको हरिबोधनी एकादशी २ दिन परेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल

काठमाडौं : वैदेशिक रोजगार विभागले २ दिनमा ३ वटा मेनपावर कम्पनीमा छापा मारेको छ ।

बैतडी : बैतडीमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४

दोलखा : सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई

महोत्तरी : महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको