ताप्लेजुङको घुन्सामा प्रधानमन्त्री ओली



ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङको घुन्सा आइपुगेका छन् । घुन्सा फाउण्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली घुन्सा आएका हुन् ।

प्रधानमन्त्री ओलीसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई पनि आएका छन् ।

घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने र त्यहाँ सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

यो पनि

पूर्वी क्षेत्रको भ्रमणमा निस्किए प्रधानमन्त्री ओली

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्