बर्दिवासमा निषेधाज्ञा जारी



महोत्तरी : महोत्तरीको बर्दिवासमा स्थानीय प्रशासनले बुधबार बिहानदेखि बिहीबार बिहानसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

बुधबार बिहान ८ सुरक्षा समितीको बैठकले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मको लागि निषेधाषा जारी गरेको हो ।

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा उत्रिएका महोत्तरी बर्दिवासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएपछि सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोकमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको अवधीभर यस क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाइने छैन । निषेधाज्ञाको अवधिमा राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले बताएका छन् ।

यो पनि

बर्दिवासमा फेरी आन्दोलन शुरु


बालिका बलात्कारपछि हत्या : प्रहरीको गोली लागि घाइते भएका सञ्जयको मृत्यु

‘चकलेट किन्न गएकी गुलबसा सदाका लागि विदा’

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्