कृषि कानुनको विरोधमा भारतभर किसानहरुको प्रदर्शन



काठमाडौं : भारतको पञ्जाब र हरियाणामा केन्द्रीय सरकारले ल्याएको कृषिसँग सम्बन्धित ३ कानुनको विषयलाई लिएर किसानहरुले विरोध प्रदर्शन गरेका छन् ।

गत सेप्टेम्बर महिनामा पारित भएको केन्द्र सरकारको ३ कृषि कानुनको भारतभरका किसानहरुले विरोध गरेका हुन् । साथै भारतको विपक्षी पार्टीले पनि यस विषयमा असन्तुष्टि जनाउँदै आएको छ ।

भारतले अहिले ल्याएको कानुनको सहयोगमा भारतको कृषि क्षेत्र पनि पूँजिपति वा कर्पोरेट घरानाको हातमा जाने भन्दै किसानहरुले त्यसको विरोध गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

आज (बिहीबार) हरियाणामा किसानहरुले ‘दिल्ली चलो’ आह्वानका साथमा प्रदर्शन गरेका छन् । दिल्लीतर्फ अघि बढेका उनीहरुलाई पञ्जाबको सीमामा हरियाणा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरी रोकेको थियो ।

प्रकाशित :११ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्