प्रधानमन्त्रीजी ढिलोचाँडो मेलम्चीको उद्घाटन तपाईनै गर्नुहोला : काँग्रेस प्रवक्ता



काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबर तनहुँमा पुल उद्घाटन गर्ने भएका छन् ।

बिहीबर बिहान ११ बजेपछि वरिष्ठ नेता पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर छाडेको थियो ।

उपभोक्ता समितिले सर्वसम्मत निर्णय गरी उद्घाटन गर्न वरिष्ठ नेता पौडेललाई निम्ता दिइएकोले आज पुल उद्घाटन गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

गृह जिल्ला तनहुँको व्यास नगरपालिका – १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बिहीबार ११ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘ढिलोचाँडो आउँदैछ मेलम्ची, प्रधानमन्त्रीजीले उद्घाटन गर्नुहोला । तर, त्यो काँग्रेसकै पालामा शिलान्यास भएको हो । कांग्रेसकै पालामा शिलान्यास र निर्माण भएको पुल हो तनहुँको,’ प्रवक्ता शर्माले भने–‘प्रश्न एउटा घटनाको होइन, सरकारको चरित्रको हो । यो घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको छ । सरकार, बालुवाटारले चेतेन भने संसददेखि सडकसम्म कठोर ढंगले कांग्रेस उभिन्छ ।’

यता नेपाल तरूण दलले वरिष्ठ नेतामाथि दुर्व्यवहार भएको भन्दै देशैभर प्रदर्शन गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । अध्यक्ष जितजंग बस्नेतले जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै विरोध गर्न भनेका छन् ।

यो पनि

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

रिहा भए काँग्रेस वरिष्ठ नेता पौडेल

काँग्रेस नेताहरुद्वारा पौडेल गिरफ्तारीको विरोध

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्