इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै



काठमाडौं : इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । बोल्याण्ड पार्क पार्लमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५ पछि सुरु हुनेछ ।

पहिलो खेल शुक्रबार कप टाउनमा हुने कार्यतालिका भएपनि दक्षिण अफ्रिका एक खेलाडीमा कोरोना पुष्टि भएपछि खेल स्थगित गरिएको थियो।

दोस्रो खेल सोमबार र तेस्रो बुधबार हुने छ । इंग्ल्यान्डले टि२० सिरिजमा क्लिनस्विप गरेको थियो।

प्रतिक्रिया दिनुहोस्