दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको खेल फेरी स्थगित



काठमाडौं : दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय क्रिकेट आज फेरी स्थगित भएको छ । खेलाडी बसेको होटेलका दुई स्टाफलाई कोरोना पुष्टि भएसँगै पहिलो एकदिवसीय फेरी स्थगित गरिएको हो ।

यस अघि शुक्रबार दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । घरेलु टिम र इंग्ल्यान्डबीचको खेल आज पर्लमा हुने तालिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्