प्रिमियर लिग : लिभरपुल र उल्भ्स भिड्दै



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र उल्भ्सबीच प्रतिस्पर्धा हुने भएको छ। लिभरपुल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

लिभरपुल २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने उल्भ्स १७ अंक जोडेर दशौँ स्थानमा रहेको छ । यस्तै प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेस र वेस्ट ब्रुमबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्