एक खेल अगाबै भारतलाई टी-ट्वान्टी सिरिज



काठमाडौं : भारतले टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ । सिड्नीमा आज भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले सिरिज जितेको हो।

अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

जितसँगै भारतले तीन खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ । यस अघि भएको एकदिवसीय सिरिज भने अष्ट्रेलियाले २-१ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्