मेस्सी भर्सेस रोनाल्डो : कसले मार्ला बाजी ?



काठमाडौं : यूईएफए च्याम्पियन्स लिगमा आज बार्सिलोना र युभेन्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ। बार्सिलोना र युभेन्ट्सबीचको खेल नोउक्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

यो खेललाई आधुनिक फुटबलका दुई हस्ती लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

यि दुई टोली हालसम्म ७ पटक प्रतिस्पर्धा गर्दा बार्सिलोना चार खेलमा विजयी भएको छ । एक खेल युभेन्ट्सले आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ ।

यस्तै आजै हुने अर्को खेलमा डेनामो किएभ र फेरेन्कभारोसबीच प्रतिस्पर्धा हुने भएको छ। खेल राति १ः४५ बजे हुने छ।

प्रतिक्रिया दिनुहोस्