फिफा विश्वकप २०२२ को छनोट समूह सार्वजनिक : कुन समूहमा कुन टिम?



काठमाडौं : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको ड्र मा युरोपका ५५ राष्ट्र १० समूहमा विभाजित गरिएको छ।

हरेक समूहको शीर्षस्थानमा रहने टोलीले सिधै विश्वकपमा स्थान पक्का गर्नेछन् । समूहको दोस्रो स्थानमा रहने टोलीले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ ।

छनोटका खेल सन् २०२१ को मार्च महिनादेखि सुरु हुनेछ ।

कुन समूहमा कुन टिम ?

समूह ‘ए’ – आयरल्याण्ड, पोर्चुगल, सर्बिया, लक्जेमबर्ग, अजरबैजान

समूह ‘बी’ – ग्रिस, स्पेन, स्विडेन, जर्जिया, कोसोभो

समूह ‘सी’ – बुल्गेरिया, इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, लिथुआनिया

समूह ‘डी’ – फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकास्तान

समूह ‘इ’ – बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया

समूह ‘एफ’ – डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा

समूह ‘जी’ – नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटार

समूह ‘एच’ – स्लोभाकिया, क्रोएसिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टा

समूह ‘आई’ – इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो

समूह ‘जे’ – आइसल्यान्ड, जर्मनी, रोमानिया, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन

प्रतिक्रिया दिनुहोस्