फिदिममा आगलागीबाट १३ लाख बराबरको क्षति



पाँचथर : पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करिब एक लाख, पाँच तोला सुनसमेत जल्दा करिब १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागी फिदिम नगरपालिकाका दुईवटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयबासिन्दा लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । (रासस)

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्