‘नेपालीलाई चाैकीदार भनेकाेमा म माफी माग्छु’



एजेन्सी : लोकसभा निर्वाचन २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिस्पर्धामा उत्रिएका कांग्रेस उम्मेदवार अजय रायले नेपालीलाई चौकीदार भनेको प्रति माफी मागेका छन्। कांग्रेस नेता हार्दिक पटेलले केही दिनअघि कांग्रेस नेता हार्दिक पटेलले नेपालीलाई चौकीदार भन्ने अभिव्यक्ति दिएका थिए। 

उक्त अभिव्यक्तिलाई लिएर भारतमा रहेका तथा नेपालमै रहेका नेपालीहरुले चर्को विरोध जनाएका थिए। आइतबार बनारसको ललिताघाटस्थित पशुपतिनाथ मन्दिर परिसरमा दर्शनका लागि आएका कांग्रेस उम्मेदवार रायले उपस्थित नेपालीसमक्ष सार्वजनिक रुपमै माफी मागेका हुन्। 

नेपाली स्वाभिमान र संस्कृतिलाई सधैं सम्मान गर्ने गरेको बताउँदै रायले हार्दिकको भनाइले नेपालीहरुको आत्मामा चोट पुगेकोमा उक्त भनाइ पार्टीको नभएर हार्दिकको व्यक्तिगत भनेर बुझ्न आग्रह गरे। 

रायले प्रधानमन्त्री मोदीसँग प्रतिस्पर्धी बनेकोमा आफूलाई कुनै पछुतो नरहेको उनको भनाइ थियो। ललिताघाटस्थित नेपाली मन्दिर परिसरमा आएका रायले जनताले आफूलाई जिताउने दाबीसमेत गरे। 

प्रतिक्रिया दिनुहोस्