राजधानी सार्ने चलखेल भएकाे भन्दै विराटनगर महानगरपालिकाले आन्दाेलन गर्ने



विराटनगर :  प्रदेश नम्बर १ सरकारको नेतृत्व गरिरहेको नेकपाले स्थायी राजधानी वृहत विराट क्षेत्रभित्र निर्माण गर्न संसदमा प्रस्ताव लैजाने निर्णय गरेपछि विराटनगर महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बसेको छ।

तीन दिन लामो छलफलपछि शुक्रबार नेकपाले तत्काल स्थायी राजधानी प्रस्ताव लैजाने निर्णय गरेको हो। नेकपाले विराटनगरलाई केन्द्र बनाएर वृहत विराट क्षेत्रभित्र पर्ने इटहरी र गोठगाउँमा प्रदेश संरचना राख्ने प्रस्तावमा सहमति गरेको थियो। तर विकेन्द्रीकरणको नाममा राजधानी सार्ने षडयन्त्र भएको बताउँदै महानगरपालिकाले आन्दोलन गर्ने निर्णय गरेको हो।

शनिबार बसेको बोर्ड बैठकले राजधानी सार्ने षडयन्त्र भए महानगरपालिकाको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए।

बैठलले राजधानी विकेन्द्रीत गर्ने र दीर्घकालमा विराटनगरबाट राजधानीका सबै संरचना अन्यत्र सार्ने षड्यन्त्र भएको बताउँदै वृहत छलफल गर्ने निर्णय पनि गरेको छ । भेलाबाट प्रदेश सरकार र ठूलो दल नेकपालाई दबाब दिने तयारी छ ।

बिकेन्द्रीकरणको नाममा राजधानी सार्ने निर्णय भएपछि मेयर भीम पराजुलीले नेकपाको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन् । ‘विराटनगरबाट राजधानी सारिए दुर्भाग्यपूर्ण हुनेछ ।’मेयर पराजुलीले भने ‘ ऐतिहासिक महत्व बोकेको विराटनगरको बिकल्प खोज्न हुदैन् ।’

राजनीतिक, आर्थिक र सांस्कृतिक महत्व बोकेको विराटनगर विराटनगरको बिकल्प खोजे नगरबासी सडकमा ओर्लन बाध्य हुने मेयर पराजुलीले बताए। बिहीबार विराटनगरका दुई औद्योगिक संस्थाहरुले विज्ञप्ती जारी गर्दै ऐतिहाँसिक शहर विराटनगरबाट प्रदेशको राजधानी नसार्न आग्रह गरेको थियो।

उद्योगी व्यवसायीहरुको साझा संस्था उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी राजधानी नसार्न आग्रह गरेको  थियो।

प्रतिक्रिया दिनुहोस्