मानव अधिकार आयोगले पनि थाल्यो अनुसन्धान



बैतडी : दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्थानीय सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत उनको माघ २१ गते हत्या भएको थियो । विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा उनको विभत्स हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ । आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको जनाएको छ ।

आयोगले बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्