राष्ट्र बैंकले भोलि ५ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ ।
राष्ट्र बैंकले ९१ दिने १० करोडको र एक वर्षे ५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नलागेको हो ।
१० करोडको ट्रेजरी बिल आगामी वैशाख २८ गते र ५ अर्बको ट्रेजरी बिले ०७८ माघ २५ गते परिपक्व हुनेछ ।
यसअघि गत १९ गते पनि राष्ट्र बैंकले १० अर्ब १० करोडको ट्रेजरी बिक्री गरेको थियो ।
भोलि हुने बोलकबोलका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइनबाट आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्