विराटनगरमा बिहानैदेखी हड्तालः जनजीवन प्रभावित



सुनसरी : बिराटनगरमा आज बिहानै देखि हरेक चोकमा टायर बालेर सडक अबरोध गरिएको छ । बिराटनगरको कन्चंबारी, घास चोक लगायतका स्थानमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न बन्द गरिएको छ ।

त्यसैगरी शैक्षिक सस्था बन्द गरेको छ भने बजार आंशिकरुपमा बन्द रहेको छ । बिराटनगरमा केहि स्थानमा मोटरसाइकल समेत बन्द गरिएको छ । बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न बन्द आह्वन गरिएको छ । बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्