रातभरी कुर्दा पनि बेहुला नआएपछि…



काठमाडाैंः मोरङको रंगेली नगरपालिका–८ दर्वेशाका कमलप्रसाद साह हातमा छोरीको बिहेको निमन्त्रणा कार्ड लिएर न्याय खोज्दै प्रहरी प्रशासन धाइरहेका छन्। डेढ लाख नगद र एउटा मोटरसाईकल दाइजोका नाममा लिइसकेका बेहुला विवाहको दिन जन्ती लिएर नगएपछि उनी न्याय खोज्दै प्रहरीमा धाउन बाध्य भएका खबर आजको कान्तिपुर दैनिकमा विराटनगरबाट विनोद भण्डारीले लेखेका छन्।

कमलले छोरीको विवाह विराटनगर महानगरपालिका–१५ रानीका अजयकुमार साहसँग वैशाख ८ गते गर्ने पक्क गरेका थिए। त्यसै अनुसार कार्ड छापेर आफन्त र छरछिमेकलाई निम्तो पनि गरिसकेका थिए।

विवाहको दिन उनी सबै तयारीसहित रातभरी बेहुला र जन्तीको प्रतिक्षामा बसे, तर कोही आएनन्। त्यसयता उनी आफूले दिएको डेढ लाख रुपैयाँ र मोटरसाइकल फर्काउन प्रहरी र प्रशासन गुहारीरहेका छन्। विवाहको दिन युवकले बेहुलीको मोबाइलमा ‘म तिमीसँग विवाह गर्दिन । मेरो अर्को केटी साथी छ,’ भनेर म्यासेज पठाएका बेहुलीका दाजु विजयले बताए।

प्रतिक्रिया दिनुहोस्