८० करोडको चियापत्ती नष्ट, डेढ लाख मजदुर भोकभोकै



मुलुकका चिया उद्योग र बगानमा कार्यरत मजदुर ३८ दिनदेखि आन्दोलनमा उत्रिएका कारण करिब १ लाख ५० हजार मजदुर भोकभोकै परेका छन्। ८० करोड रुपैयाँको चियाको हरियो पत्ती बगानमै छिप्पिएर कामै नलाग्ने अवस्थामा पुगेको छ। यो खबर आजको राजधानी दैनिकमा टीकाराम नेतीले झापाबाट लेखेका छन्।

सरकारले निर्धारण गरेको न्यूनतम दैनिक ३ सय ८५ रुपैयाँ र सामाजिक सुरक्षा कोष मजदुरलाई दिन नसक्ने चिया उत्पादकले जनाएपछि मुलुकभरका स्थायी ५० हजारसहित मौसमी १ लाख ५० हजार मजदुर चियाको हरियो पत्ती टिप्न छाडेर सडकमा छन्।

प्रतिक्रिया दिनुहोस्