विद्युत् सर्ट हुँदा किराना पसलमा आगलागी, लाखौँकाे क्षति



झापा: विद्युत् सर्ट भएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करिब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सन्तबहादुर राईले पक्की घरमा भाडामा सञ्चालन गर्दै आएको साहको किराना पसलबाट अचानक निस्किएको आगोले सँगै रहेको राज अग्रवालको मोबाइल पसलमा समेत क्षति पुगेको थियो ।

आगो समयमै नियन्त्रणमा आएका कारण सोही घरमा रहेको बालकुमार राईको सगुन होटलमा भने क्षति हुन पाएन । साहको दैनिक उपभोग्य खाद्य सामग्री नष्ट हुँदा रु ३० लाख बढी मूल्यको समान नष्ट भएको थियो भने अग्रवालको मोबाइल पसलमा समेत रु १० लाख बढीको क्षति भएको प्रारिम्भक अनुमान छ । 

आगो करिब २ घण्टा लगाएर दमक नगरपालिकाको दुई वटा वारुणयन्त्रको सहयोगले स्थानीय र प्रहरीको प्रयासबाट नियन्त्रणमा आएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।

प्रतिक्रिया दिनुहोस्