‘सबैलाई मारेर मार्छु भन्थे’



विराटनगर : पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि आफू पनि मर्छु,र सबैलाई मार्छु भन्ने गरेको अनुसन्धानबाट खुलेको आजको कान्तिपुर दैनिकमा माधव घिमिरे र लीलाबल्लभ घिमिरेले लेखेका छन्।  

९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुंग ३ आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। घटनाको करिब एक महिनादेखि म पनि मर्छु र सबैलाई मार्छु भनेर परिवार साथीभाइसँग भन्ने गरेको खुलेको छ।’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने। 

घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको परिवारले प्रहरीसँगको बयानमा बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्