नेपालमा आज कोरोना संक्रमितको संख्या हजार नाघ्यो : एकैदिन ११६७



काठमाडौँ : नेपालमा आज कोरोना संक्रमीतको संख्या हजार नाघेको छ । पछिल्लो २४ घण्टामा आज ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय बढ्दै गएको संक्रमित दल आज एकैदिन ह्वात्तै बढेको छ । शनिबार मात्रै ९ सय वढी संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिमा १२ हजार ६३२ नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । आज थपिएका संक्रमितमध्ये ६ सय १५ काठमाडौं उपत्यमाका मात्रै रहेका छन् । संक्रमितमध्ये काठमाडौंमा ४९१, ललिपुरमा ९९ र भक्तपुरमा २५ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो आँकडा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय २४ संक्रमित निको भएसँगै हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् भने ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्