सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना



सिमकोट : काेभिड-१९काे संक्रमण राेकथामका लागि हुम्लाकाे सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएकाे छ। साथै, अन्य जिल्लासँग जाेडिएका सीमा नाकामा कडाइ गरिएकाे छ। सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको हाे ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमामा हेल्थडेस्क स्थापना गर्ने निर्णय पनि गरेकाे छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहका अनुसार बाजुरासँग जाेडिएकाे कवाडी  र मुगुसँगकाे जाच्चयामामा हेल्थडेस्क स्थापना हुनेछ।

सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुको विवरण संकलनकाे काम भइरेकाे छ । यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्