प्रदेश १ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै



विराटनगर : प्रदेश १ सरकारले बिहीबार आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ल्याउन लागेको छ । सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा समेट्दै नीति तथा कार्यक्रम सार्वजनिकको तयारी गरेको छ ।

प्रदेश सरकारले दोस्रोपटक ल्याउन लागेको नीति तथा कार्यक्रममा यसअघिकै योजनाहरुलाई निरन्तरता दिएको छ ।यस अघिको नीति तथा कार्यक्रममा सगरमाथाको आधार शिविरमा केवलकार चलाउने उल्लेख थियो ।

त्यसैगरी, फुङलिङ–पाथीभारा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहाक्षेत्र–सुर्यकुण्ड, बाह्रबीस–सभापोखरी, केरावारी–जेफाले र अन्तुडाँडा–ंगलबारेलगायतका स्थानमा पनि केवलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने पनि उल्लेख थियो ।

यसबाहेक देशकै होचो भूभाग केचना र विश्वकै सर्वोच्च शिखर सगरमाथालाई सडकले जोड्ने कार्यक्रमलाई पनि यसपटक समेटिएको स्रोतले जनाएको छ ।प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशसभामा पेश गरेको सरकारको नीति तथा कार्यक्रम बिहीबार अपराह्न ३ बजे सार्वजनिक हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस्