डिउटीमा खटिएका प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार 



उदयपुर : डिउटीमा खटिएका प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कटारी नगरपालिका ६ स्थित बिहीबारे भन्ने स्थानमा बुधबार  राति हो हल्ला गरेका उनिहरुलाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा प्रहरीमाथी बियरको बोतल र बाँसको भाटा प्रहार गरेका थिए ।

उनिहरुको आक्रमणबाट ३ जना प्रहरी कर्मचारी घाईते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्