पूर्वमा पेट्रोलियम पदार्थको अभाव



धरान । यातायात मजदुरको नाममा गरिएको यातायात बन्द र पेट्रोलियम ढुवानी चालकहरुको आन्दोलनका कारण पूर्वमा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ ।

पेट्रोलियम पदार्थको अभाब भएपछि सर्वसाधरणहरुले सास्ती खेप्नु परेको छ । बजारमा महङ्गो मुल्यमा बेच्न राखिएको पेट्रोलबाट मोटरसाईकल तथा अन्य सवारीहरु चल्न बाध्य छन् । अहिले धरानका कुनैपनि पम्पममा तेल वितरण गरिएको छैन ।

बन्द खुलाउन र ढुवानी चालकहरुको आन्दोलनको विषयमा सरकारी पक्षबाट समाधानको पहल समेत गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्