पूर्वी भेगमा हावाहुरीले क्षति



काठमाडौं । पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा वर्षा र हिमपात भएपछि उच्च पहाडी र हिमाली क्षेत्रको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ ।
अन्यत्रको तुलनामा पूर्वी भेगमा वर्षाको प्रभाव केही कमजोर भए पनि हावाहुरीले घर, गोठ, विद्यालयका छानोमा क्षति पु¥याएको छ । शुक्रबार विहानदेखिको हावाले टेलिफोनका टावर, रुख र अन्य बोट विरुवासमेत लडाएको छ ।
इलामको रोङ गाउँपालिकाको भालुझोडास्थित नेपाल टेलिकमको फोरजी टावरमा क्षति पुगेको छ । हावाले सोही गाउँपालिकाको सिद्धदेवी विद्यामन्दिरको छानो उडाएको छ ।
झापाको दमकसँगै जोडिएको इलामको चुलाचुली गाउँपालिका–५ बुकुवास्थित भानु माध्यामिक विद्यालयको छानोमा क्षति पुगेको सो विद्यालयका शिक्षक प्रकाश शर्माले जानकारी दिए ।
शुक्रबार दिउँसोसम्म चलेको हावाहुरीले तोरी, आलु लगायतका बालीमासमेत क्षति पु¥याएको छ । ‘तोरी पाकेर उखेल्ने बेला भएको छ, हावाले तोरी र आलुका बोट सबै लडाएको छ,’ झापाको शिवसताक्षी नगरपालिका–२ दिङ्लाधापका लक्ष्मीकान्त खनालले भने, ‘दाइँ गरेको पराल थन्क्याउन नभ्याउँदा बेमौसमी वर्षाले परालसमेत भिजाएको छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्