युक्रेन छाड्न अमेरिकीहरूलाई ह्वाइट हाउसले दियो चेतावनी



काठमाडौं । संयुक्त राज्य अमेरिकाका एक उच्च अधिकारीले रुसी सेना केही दिनभित्रै युक्रेनमा आक्रमण गर्ने स्थितिमा रहेको चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार ह्वाइट हाउसको मिडिया ब्रीफिङमा बोल्दै अमेरिकी नागरिकहरुलाई ४८ घण्टाभित्र युक्रेन छोड्न चेतावनी दिएका हुन् ।
अमेरिकी पर्यवेक्षण र गुप्तचरहरूले युक्रेनमा आक्रमण गर्न आवश्यक पर्ने सबै सैन्य तत्वहरू रुससँग रहेको देखिएको बताउँदै उनले अमेरिकीहरूलाई तुरुन्तै युक्रेन छोड्न आग्रह गरेका हुन् । दोस्रो हप्तामा बेइजिङमा विन्टर ओलम्पिक समाप्त हुनुअघि नै युक्रेनको राजधानी कीभमा हवाई बम विष्फोटसहित द्रुत आक्रमणको सम्भावना देखिएको उनले भनेका छन् ।
‘हामी ठ्याक्कै दिन र घण्टा तोक्न सक्दैनौं तर, यो जटिल परिस्थिती हो’, सुलिभानले भनेका छन् । रुसले युक्रेनी सीमामा हजारौं सेना र हातहतियार तैनाथ गरेर आक्रमणको तयारी गरेको छ । यद्यपि, रुसले यो कुरा अस्वीकार गर्दै आएको छ भने, अमेरिका र युरोपेली मुलुकहरुले आक्रमण नगर्न भन्दै रुसलाई चेतावनी दिँदै आएका छन् ।
यसअघि राष्ट्रपति बाइडेनले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न चेतावनी दिइसकेका छन् । भने, अमेरिकाले नै रुसले मध्य फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्