फराकिलो गोल अन्तरमा चिलीसँग हार्यो जापान



काठमाडौं : ब्राजिलमा जारी ४६औं कोपा अमेरिकाको समुह सी को दास्रो खेल भर्खरै सम्पन्न भएको छ। एसिया आमन्त्रित टोली जापान र साविकको विजेता चिली भिडेका उक्त खेलमा साविक विजेता टोलीले ४–० को फराकिलो गोल अन्तरसँगै जापानलाई हराएको छ।

नेपाली समयअनसार पौने पाँचमा सुरु भएको खेलको पहिलो हाफमा चिलीले एक गोलको अग्रता लिएको थियो। ४१औं मिनेटको दौरानमा एरिक पुल्गरले चाल्र्स आरान्गीको पासको सहयोगमा सुरुवाती गोल गरेका थिए। यो नै पहिलो हाफको एकमात्र गोल बन्यो।

५४औं मिनेटमा आएर माउरिसियो इस्लाले पास निकाले उनको यो पासलाई भार्गोसले गोल गर्दै २ गोलको अग्रतामा चिलीलाई उभ्याए। त्यस्तै अरान्गिजको पासलाई एलेक्सिस सान्चेले गोलमा बदलेका थिए। तेस्रो गोलको रुपमा यो गोल ८२औं मिनेटमा गरिएको थियो।

८२औं मिनेटमा गरिएको गोलको एक मिनेट पनि नबित्दै अर्को गोल गरिएको थियो। उक्त गोल नै अन्तिम गोल बनेको थियो। अन्तिम गोल सान्चेको पासमा भार्गासले गरेका थिए।

यसका साथै चिलीले पहिलो खेल जितेर ३ अंक हात पार्याे। ऊ यस खेलका साथै समुहको पहिलो स्थानमा पुगेको छ। समान ३ अंकका साथ दोस्रो स्थानमा उरुग्वे, तेस्रोमा इक्वेडर र जापान अन्तिम स्थानमा छ। जापान र इक्वेडरले खाता खोल्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्