१०० वर्षका वृद्ध र ९० वर्षकी वृद्धाबीच विवाह !



एजेन्सी । भारतमा सय वर्षका एक वृद्ध र ९० वर्षकी वृद्धाबीच विवाह भएको छ । पश्चिम बंगाल राज्यमा वृद्ध र वृद्धाबीच विवाह गराइएपछि यो यतिबेला भारतभर चर्चाको विषय बनेको छ। वास्तवमा यो विवाहलाई अनौठो मानिएता पनि उनीहरु पहिलोपटक विवाह भने गरिरहेका छैनन् ।

पहिल्यै विवाह गरिसकेका उनीहरुको छोरा–छोरीकै आग्रहमा दोस्रोपटक विवाह गराइएको हो । उनीहरुका छोराछोरी आफ्ना बुबा–आमालाई खुशी बनाउन र जीवनलाई थप अविस्मरणीय बनाउन आमा बुबाको दोस्रोपटक विवाह गराउने मनस्थितीमा पुगेका थिए ।

विवाहमा जन्तीको रुपमा वृद्धवृद्धाकै छोरा, छारी, नाति, नातिना गएका थिए । बीबीसीहिन्दीका अनुसार वृद्धको नाम विश्वनाथ सरकार हो भने उनका श्रीमतीको नाम सुरोधनी सरकार हो ।

प्रतिक्रिया दिनुहोस्