सानोठिमीबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ



भक्तपुर । भक्तपुरको सानोठिमी क्षेत्रबाट प्रहरीले चिनियाँ नागरिकसहित ८१ जना पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।

यसअघि पनि प्रहरीले अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्