बुढासुब्बा गोल्डकपको २३औं संस्करण चैत २६ देखि



धरान । २३औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि बैखाख ३ गते सम्म आयोजना हुने भएको छ । बुधवार आयोजक धरान फुटवल क्लवले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ । प्रतियोगिता धरान १६ स्थित सुविधा सम्पन्न रंगशालामा आयोजना गरिने भएको छ ।
२०५५ सालदेखि नियमित संचालन हुँदै आएको प्रतियोगिता मोफसलकै उत्कृष्ट फुटबल प्रतियोगिता मानिन्छ । गत साल कोरोना माहामारीका कारण स्थगित भएको प्रतियोगिता यसवर्ष कोरोना कम भएकाले संचालन गर्न लागिएको धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा भारतका उत्कृष्ट तीन टिम, ए डिभिजन लिग विजेता, उपविजेतासहित उत्कृष्ट तीन टिम, आयोजक धरान फुटवल क्लब र मोफसलका उत्कृष्ट अन्य दुई टीमलाई सहभागि गराईने छ ।
प्रतियोगिताको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँचलाख पुरस्कार दिइनेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद एक लाख ५० हजार र सर्वाधिक गोलकर्ताले नगद २० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राईकर र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्