रुस र बेलारुसका खेलाडीले बेइजिङ पाराओलम्पिक खेल्न नपाउने



काठमाडौ । रुस र बेलारुसका खेलाडीहरुले बेइजिङमा हुने गृष्मकालीन पाराओलम्पिक खेल्न नपाउने भएका छन्। अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटिले रुस र बेलारुसका खेलाडीलाई प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाएको हो ।

युक्रेनमा रुसले गरेको आक्रमण र रुसी आक्रमणमा बेलारुसले दिएको साथलाई लिएर यस्तो निर्णय भएको हो । गृष्मकालीन पाराओलम्पिकको उद्घाटन समारोह शुक्रबार हुँदैछ । खेलहरु शनिबारदेखि सुरु हुने छन् ।

प्रतिक्रिया दिनुहोस्