धनगढीको प्रशिक्षकमा युगललाई निरन्तरता



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि धनगढी एफसीले मुख्य प्रशिक्षकमा युगल किशोर राईलाई पुनः नियुक्ति गरेको छ ।

गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले ‘मार्की खेलाडी’ मा राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई निरन्तर रहेको यसअघि नै घोषणा गरिसकेको छ । क्लबले मुख्य प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपिङ कोचमा मीन बस्नेतलाई पुन : अनुबन्ध गरेको हो ।

पहिलो संस्करणमा टोली उपविजेता हुँदा दुबैले काम गरेका थिए । यस अघि पेपर बाहिर मुख्य प्रशिक्षकमा तोपे फुजा रहेपनि यसपटक उनि एफसी चितवनसँग जोडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्