एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्दै



काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्ने भएको छ । अर्थ मन्त्रालयले उक्त संख्यामा म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको हो।

गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो । बुधबार गृह मन्त्रालयमा चारवटै सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा निर्वाचन सुरक्षासम्बन्धी बैठक बसेको थियो।

म्यादी प्रहरीले पोसाक भत्ताको रुपमा ६ हजार र रासन भत्ता सात हजार रुपैयाँ पाउनेछन्। म्यादी प्रहरीलाई ४० दिनको तलब–भत्ता दिइनेछ। चैत दोस्रो साताबाट भर्ना प्रक्रिया सुरु गर्ने गृहको तयारी छ। म्यादी भर्नामा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा दिइनेछ।

प्रतिक्रिया दिनुहोस्